दुर्गा प्रसाईंको प्रदर्शनमा पक्राउ परेका आचार्य श्रीनिवासलाई मुद्दा चलाउने तयारी


२०८० मङ्सिर १२ मंगलबार ०८:०४ बजे

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाई समूहले सोमबार गौशाला क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई मुद्दा चलाउने तयारी गरिएको छ । उक्त आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको हो ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईको आव्हानमा हिजो गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो ।

त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । प्रहरीले सोमबार मात्र दुर्गा प्रसाई समर्थित १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । त्यसअघि बल्खु प्रदर्शनमा पक्राउ परेका ६ जना पनि प्रहरी हिरासतमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७