सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


१२ मंसिर २०८०, मंगलवार
Prachanda kp

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न केहीबेरअघि सिंहदरबार पुगेका हुन् । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषय र संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट रहेको बताउँदै आएका छन् । केहि समयअघि यस विषयमा प्रधानमन्त्रीले १२ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गरेका दलहरुसँग छलफल समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७