गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसाईं समर्थक पक्राउ


१२ मंसिर २०८०, मंगलवार
tilak durga

काठमाडौँ । काठमाडौंको गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसार्ईको अभियानका केही समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रसाईंकाे राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार काठमाडौंको गौशाला क्षेत्रमा प्रदर्शन गर्न पुगेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि अभियानले सोमबार सो क्षेत्रमा प्रदर्शन गर्दा तनाव उत्पन्न भएको थियो भने प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो । मंगलबार भने गौशाला क्षेत्रमा प्रदर्शनलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यसैबीच प्रदर्शनका लागि गौशाला जान लागेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७