सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त


१२ मंसिर २०८०, मंगलवार
deuwa 1
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन् ।

म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई मंगलवार नियुक्त गरेका हुन् । कांग्रेसमा लामो समयसम्म भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७