यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो, यसरी गरियो आकस्मिक अवतरण


१४ जेष्ठ २०७५, सोमबार
20150617yeti airlines makes emergency landing after bird hit

चितवन, १४ जेठ । यति एयरलाइन्सको एक विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । चितवनको भरतपुर विमानस्थलमा यति एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विमानलाई भरतपुर विमास्थलमा आकस्मिक अवतरण गरिएको छ ।

20150617yeti airlines makes emergency landing after bird hit
फाइल फोटो

भरतपुरबाट काठमाडौंका लागि उडेको यति एयरको जेट स्टिम विमानमा अपरान्ह सवा ४ बजे चरा ठोक्किएको विमानस्थलले जानकारी दिएको छ । उडेको केही क्षणमा नै जहाजमा भरतपुर रिजाल चोकमाथि पुग्दा भगेरो चरा इन्जिनमै पसेपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिएका छन् ।

यति एयरलाइन्सको नाइन एन एआइएस कल साइनको जहाजमा २२ जना यात्रु थिए । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने वित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७