धनुषामा आँप बगैंचामा परालले छाेपेको अवस्थामा महिलाको शव फेला


२०८० मङ्सिर १२ मंगलबार ०६:५६ बजे

धनुषा । धनुषामा एक महिलाको शव भेटिएको छ । धनजी गाउँपालिका–४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा मंगलबार अन्दाजी ३५ वर्षीय महिलाको शव फेला भेटिएको हो ।

मंगलबार बिहानै स्थानीयले आँप बगैँचामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालिएको धनुषा प्रहरी प्रमुख मित्रबन्धु शर्माले जानकारी दिए । उनका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको छ ।

शवको प्रकृति हेर्दा तीन–चार दिनअघि नै मृत्यु भएको जस्तो देखिन्छ । शव कुहिएको हुनाले अनुहार चिनिने अवस्थामा नरहेको धनुषा प्रमुख शर्माले जानकारी दिएका छन् । पोस्टमार्टमका लागि शवलाई प्रादेशिक अस्पताल जनकपुर पठाएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७