‘स्पाइडर म्यान’ को भिडियो बन्या भाइरल, बाल्कोनीमा झुण्डिएको बच्चालाई यसरी बचाए (भिडियोसहित)


१४ जेष्ठ २०७५, सोमबार

काठमाडौं, १४ जेठ । फ्रान्समा बस्ने मालिका एक आप्रबासीले चौथो तल्लाको बाल्कोनीबाट झुण्डिरहेको एक बालकलाई बचाए छन् । यो कार्यको लागि हाल उनको ‘नायक’ भनेर प्रशंसा भइरहेको छ ।

२२ वर्षे मामुदु गस्समाको अद्भुत बचाउ कार्यको भिडियो आइतबार सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
भिडियोमा एक मिनेटभन्दा कम समयमा गस्समा घरको बाहिरबाटै एक बाल्कोनीबाट अर्को बाल्कोनीमा चढेको देखिन्छन् । उनी चौथो तल्लामा पुगेर झुण्डिरहेको बालकको उद्दार गर्न सफल हुन्छन् । उनी त्यहाँ नपुगुन्जेल एक छिमेकी छेउको फ्लाटबाट ती चार बर्षे बालकलाई समाउने प्रयास गरिरहेको देखिन्छन् ।

यो घटना शनिबार बेलुकी पख पेरिसको उत्तरी भागमा घटेको थियो । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले गस्समालाई व्यक्तिगत रुपमा धन्यवाद दिनको लागि फ्रान्सेली राष्ट्रपति भवन ऐलिसी दरबारमा आमन्त्रण गरेका छन् ।
पेरिसकी मेयर एने हिडाल्गोले पनि गस्समाको साहसी कार्यको प्रशंसा गरिन् र उनलाई धन्यवाद दिनको लागि निमन्त्रणा दिएको बताइन् । एनेले गस्सामालाई ‘स्पाइडरम्यान अफ द एटिन्थस्’ भनेर सम्बोधन गरिन् । उनले एटिन्थस् भनेर उद्दार कार्य भएको स्थानलाई संकेत गरेकी थिइन् । एजेन्सी

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७