छोड्ने भन्दा आउने धेरै छन्, भ्रम छर्दैमा हाम्रो पार्टी सकिँदैन : अध्यक्ष नेपाल


१२ मंसिर २०८०, मंगलवार
madhav 3

सुर्खेत । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी सकिन्छ भन्दै केही शक्तिहरुले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । उनले भने, ‘राजनीति कोर्ष परिवर्तनमा हाम्रो पार्टीको ठूलो भूमिका छ । पछिल्लो समय हाम्रो पार्टीविरुद्ध केही भ्रम फैलाइरहेको पाइन्छ । हाम्रो पार्टी सकिन्छ, पार्टी बन्दैन जस्ता निराशा पोख्ने काम भइरहेका छन् । हाम्रो पार्टी बनिसक्यो । विरोधीले भने जस्तै गरी सकिँदैन ।’

समाजवादी पार्टी छोड्ने भन्दा आउने मान्छेहरू धेरै रहेको दाबी गरे । उनले राजनीति कोर्ष परिवर्तनमा पार्टीहरुको ठूलो भूमिका रहने बताए । उनले राजतन्त्र इतिहास भइसकेको दाबी गर्दै कसैले ल्याउँछु भन्नु कल्पना मात्रै भएको उनको भनाइ छ । यस्तै, विचार मिल्ने पार्टीसँग एकताको ढोका खुलै रहेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७