२०८० मंसिर १३ गते बुधबारको तपाईको राशिफल


२०८० मङ्सिर १३ बुधबार ११:३३ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शुभकार्यको योजना पनि बन्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । घरायसी कार्य अघि बढ्ने छ । काम गर्ने जोश, जाँगर र उमंग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउने छ । आत्मबल पनि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् तर साँझमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी काम गर्ने समय छ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मालसामान हराउन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको योजना बन्ने छ । पारिवारिक जमघटमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा अधिक सफलता मिल्ने छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७