उत्तराखण्डको सुरुङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार


१३ मंसिर २०८०, बुधबार
uttarakhanda

नयाँदिल्ली । विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा फसेका ४१ कामदारको सकुशल उद्धार गरिएको छ ।

उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औं दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको बीबीसीले जनाएको छ । बाहिर निकालिएका मजदुरलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले भेट गरेका छन् । उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लान लागिएको छ । त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ ।

यो दुर्घटना करिब १७ दिन अघि दीपावलीको दिन भएको थियो । काम गरिरहेको बेलामा सुरुङ भित्र उनीहरू ६० मिटर लामो पर्खालमा फसेका थिए । त्यसपछि क्रमशः भग्नावशेष हटाउने काम सुरु भयो । यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहयोग लिइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७