अष्ट्रेलियासँग भारत पराजित


१३ मंसिर २०८०, बुधबार
crickket mI0U6KBJmX

काठमाडौं । अष्ट्रेलियाले तेस्रो टी–२० आई सिरिजमा भारतलाई पाँच विकेटले हराएको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २–१ ले पछि छ ।

जितको लागि २२३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलिया मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित १०४ रनमा अविजित रहे। यो उनको टी–२० आई करिअरको चौथो शतक हो । ग्लेन म्याक्सवेलले टी–२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् ।

उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन् । म्याक्सवेलको चारमध्ये तीन शतक भारतविरुद्ध छ । कप्तान म्याथ्यु वेड १६ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा नट आउट रहे। छैटौं विकेटका लागि म्याक्सवेल र वेडले ४० बलमा ९१ रनको साझेदारी गर्दै जित पक्का गराए ।

अष्ट्रेलिया ओपनर ट्रविस हेड ३५ रनमा आउट भए । आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट भए । भारतका रवि विश्रोईले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १२३ रनको सानदार शतकीय इनिङ खेले। उनको यो अन्तर्रास्ट्रिय करिअरको पहिलो शतक हो ।

तिलक बर्मा ३१ रनमा अविजित रहे । चौथो विकेटका लागि ऋतुराज र तिलकले ५९ बलमा १४१ रनको अविजित साझेदारी गरेका थिए । भारतले ओपनर यशस्वी जैसवाललाई ६ र इशान किशनलाई शुन्यमा गुमाएको थियो । कप्तान सुर्य कुमार यादव ३९ रनमा आउट भए । अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले १–१ विकेट लिए । भारत पहिलो खेलमा ५५ रन र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७