रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु


१३ मंसिर २०८०, बुधबार
Russia army nepali

काठमाडौँ । रुसी सेनामा भर्ती भएका चार जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

rokka

राजकुमार रोक्का

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो । दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो । रुसी सेनामा चार नेपाली मारिएको खबर बाहिरिएको भए पनि त्यहाँस्थित नेपाली दूतावासले भने तीन जनाको मृत्यु मात्र पुष्टि गरेको छ ।

san

रुसी सेनामा भर्ती भई युक्रेनको कारवाहीमा मारिएका नेपाली युवक सन्दीप 

दोलखाका रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनको गतकात्तिक २९ गते नै मृत्यु भए पनि परिवार र आफन्तले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएको जनाइएको छ । यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई दुई महिना अघि रुस गएका थिए । केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका सन्दीप थपलिया युक्रेनको बाख्मुत सहरमा भएको युद्धमा मारिएका थिए । ल्याब टेक्निसियन पढेका उनी नेपालमा जागिर नपाएपछि रुसी सेनामा भर्ना हुन रुस पुगेको न्युयोर्क टाइम्सले जनाएको छ ।

आफू सेनामा भर्ती भएको कुरा सन्दीपले आफ्नी बहिनी शान्तालाई सुनाएका थिए । रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन् । यता रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् । बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएका हो । युक्रेनका पूर्व आन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन् । हेरासचेन्कोले ट्वीटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन् ।

russia army nepali

रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा खोजी भइरहेको जानकारी दिए । रुस र युक्रेनबीच युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७