देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?


१३ मंसिर २०८०, बुधबार
congress
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठक दिउँसो १ बजे देउवा निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ । स्रोतका अनुसार बैठकमा सरकारका कामको समीक्षा पनि हुनेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको समीक्षासहितको ‘रिपोर्ट’ प्रस्तुत गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७