दुबई उड्नुअघि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


१३ मंसिर २०८०, बुधबार
cabinet 2 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहान ९ बजे पछि बस्ने गरी बोलाइएको हो ।

बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘नियमित बैठक मंगलबार बस्नुपर्ने थियो । प्रधानमन्त्री ज्यूको व्यस्तताले बस्न सकेन । त्यसैले आज बस्न लागेको हो । आजको बैठकमा नियमति एजेण्डामाथि छलफल तथा निर्णय हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दैछ । बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई प्रस्थान गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७