अमेरिकी राष्ट्रपति बाइडन कोप–२८ सम्मेलनमा सहभागी नहुने, के हो कारण ?


२०८० मङ्सिर १३ बुधबार ०७:१५ बजे

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् ।
दुबईमा डिसेम्बर १ देखि २ सम्म हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडन सहभागी नहुने भएका हुन् ।

बिहीबार सुरु हुन लागेको कोप २८ मा विभिन्न देशका राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएका बेला राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा भने यो साता उनीहरू दुबई जाने उल्लेख गरिएको छैन ।

राष्ट्रपति बाइडन र उपराष्ट्रपति ह्यारिस सहभागी नहुने भएपछि अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७