भूकम्प प्रभावित क्षेत्रमा एमाले : ५०० भगनावशेष हटायो, ५०० टहरा बनायो (तस्वीरहरु)


१३ मंसिर २०८०, बुधबार
Jajarkot99 O3pmOUKbeE

जाजरकोट । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्वयंसेवक समूह विगत आठ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । गत मंसिर ४ देखि विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा १,१०० स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन खटिएका छन् ।

Jajarkot 12 q4RL43C4ho

कार्तिक १७ गते आएको विनाशकारी भूकम्पले जाजरकोट र पश्चिम रुकुममा १५४ को ज्यान गएको छ । ३३६ जना घाइते भएका छन् भने ६१ हजार बढि घाइते भएका छन् । अहिले एमालेले खटाएको स्वयंसेवक दस्ता यी बस्तीहरूमा पुनर्निर्माणमा लागिरहेका छन् । उनीहरुले अहिलेसम्म पाँच सय बढी घरहरू पुनर्निर्माण गरिएको स्वयमसेवक समूहका संयोजक पौडेलले जानकारी दिए । उनले पाँच सय बढी घरहरूको भगनावशेष व्यवस्थापन गरिएको जानकारी दिए ।

Jajarkot 111 rzp5MdjTlE

‘हामी निरन्तर भत्किएका घरहरू पुनर्निर्माणमा लगिरहेका छौँ । अहिलेसम्म पाँच सय बढि घरहरू पुर्न निर्माण गरिसकेका छौँ’, पौडेलले भने, ‘अझै केही दिन हामी यहाँ खटिन्छौँ ।’ उनले अहिले स्वयंसेवक दस्ता भत्किएकाहरूको घर व्यवस्थापन गर्ने र पुनर्निर्माण गर्ने अभियानमा लागिरहेको जानकारी दिएका छन् ।

Jajarkot4 SPzUUpl7Gs

अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । २५ जनाको दरले विभाजन गरी ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकै साथ श्रमदान भइरहेको प्रमुख पौडेलले जानकारी दिए । ‘अहिले अनेरास्ववियुका नेतृहरू पनि पुनर्निर्माण खटिएका छन् । अहिले हामी पुनर्निर्माण खटिएका छौँ’, अनेरास्ववियु केन्द्रीय सदस्य रेखा न्यौपानेले भनिन्, ‘जनताले एमाले पार्टी सुख दुखको सारथी पनि रहेछ भन्ने बुझेका छन् ।’

Jajarkot eDG64nM9J0
jajarkot 4
jajarkot 1 1
jajarkot 2 1
jajarkot 3 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७