देउसी खेलेर बोनम्यारो पीडित बालिकालाई गरे बेलबारीको युवाले सहयोग


८ कार्तिक २०७४, बुधबार
belabari youth

काठमाडौँ :  तिहारमा देउसी भैलो खेलेर पिकनिक जाने प्रचलन संस्कारका रूपमा विकास भइरहेका बेला बेलबारीका युवाहरूले भने सङ्कलन भएको रकम सामाजिक कार्यमा लगाएका छन् । बेलबारीका केही सामाजिक संस्थासहित युवाहरूले देउसी खेलेर उठेको रकमले आर्थिक अभावमा मृत्युसँग लडीरहेकी सृजना लिम्बुको उपचारका लागि सहयोग गरेका हुन् ।

belabari youth
उनीहरूले बेलबारी नगरपालिका वाड नं ३ खोरियाटोल निवासी १२ वर्षीय श्रृजना लिम्बु बोन म्यारोका कारण उपचार अभावमा घरमै थला परेर बसिरहेकी थिइन । गत केही महिनादेखि बिरामी भएकी लिम्बुको धरानमा उपचार हुन नसके पछि काठमाडौँ लगेर अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका उपमेयर ढाका पराजुलीले कार्यक्रममा सम्बोदन गर्दै स्थानीय सरकारलाई झस्काउने गरी महान् कार्यको सुरुवात गरेको बताएका छन् । उनले भने, ‘हाम्रो चाडपर्वलाई पनि समाज विकासको निम्ति मनाउन सकिन्दो रहेछ भन्ने उदाहरण बेलबारीका युवाहरूको देउसीभैलो कार्यक्रमबाट गरिएको सहयोगले देखाएका छ ।’ यस अभियानबाट समाजका सबैले शिक्षा लिनु पर्ने बताए । सृजनाको स्वाथ्य लाभको कामना गर्दौ आवश्यक सहयोग बेलबारी नगरपालिकाबाट हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हस्तान्तरण कार्यक्रम युवाहरूको तर्फबाट बोलेका अर्जुन कुलुङ राईले नगरका युवाहरू नानी (सृजना)को आर्थिक सहयोग जुटाउनमा केही सहयोग पुगोस् भनेर देउसी खेली रकम सङ्कलन गरेको बताए । उनले बेलाबारी युवाहरू अझै सहयोग गर्न तयार रहेको समेत बताए । उनले नगरका युवाहरूको एकता नगरको विकास र समृद्धिको आधार भएको जिकिर गरे ।
आर्थिक अवस्था कम्जोर भएकी लिम्बुलाई देउसीबाट उठेको रकमबाट ७० हजार भन्दा बढी रकम हस्तान्तरण गरेको स्थानीय पत्रकार तथा देउसी टोलीका युवा अर्जुन कुलुङ राईले जानकारी दिए । देउसीको व्यवस्थापन सुवास राई र रिजन राईले गरेका थिए भने साङ्गेतिक पाटो सेसिङ्गेन लिम्बु र ज्वएल राईले समालेका थिए ।
कार्यक्रममा देउसी टोलीका युवा सन्दिप राई र सुवास राईले संकलित रकमको बारेका जानकारी गराएका थिए भने देउसी टोलीका सम्र्पुण युवाहरूले सामूहिक रूपमा रकम पीडित परिवारको हातमा हस्तान्तरण गरेका थिए ।
यस्तै बेलबारीको शिक्षक तथा समाजसेवी डिपि राई, आदिवासी जनजाति महासघं बेलबारीका अध्यक्ष तिलक प्रसाद राई, बेलबारी वडा नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीले नगरको युवाहरूले उदाहरणिय काम गरेको बताउँदै नानीका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
श्री प्राथमिक विद्यालय कक्षा ५ मा अध्ययनरत विद्यार्थी राईको उपचारका लागि विभिन्न सँग संस्थाहरूले सहयोग गर्न थालेका छन् । ‘छोरीको उपचार गर्न हामीसँग भएको घर बाहेक सबै सम्पत्ति सकियो’, बिरामी बालिकाको बुबा फिपराज लिम्बुले भने, ‘घरमा भएका बाख्रा, बङ्गुर, कुखुरा बेचेर नपुगे पछि ऋण खोजेर उपचार सुरु गरेका छौ । उनले युवाहरूलाई धन्यवाद दिँदै अझ सहयोग जुटाइदिन समेत आग्रह गरे ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७