सुनको भाउ बढेकाे बढ्यै, तोलाको एक लाख १९ हजार ३०० पुग्यो


१३ मंसिर २०८०, बुधबार
Gold 2

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बुधबार) एक हजार ६ सयले बढेको छ । तोलाको १६ सयले बढेको छापावाल सुन एक लाख १९ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन एक लाख १८ हजार ८७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज २० रुपैयाँले बढेर तोलको १५ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७