भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने


२०८० मङ्सिर १३ बुधबार ०७:५३ बजे

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

‘जनशक्ति अपुग भए प्रजिअको मागका आधारमा थप जनशक्ति बाहिरबाट पठाउने निर्णय भएको छ’, शर्माले भनिन् । अहिले भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दल, संघसंस्थाका स्वयमसेवीहरुले अस्थायी आवास बनाउने र भत्किएका भगनावशेष अघटाउने काम गरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७