अर्घाखाँचीमा पासोमा परेर मर्‍यो ३१ किलोको चितुवा


२०८० मङ्सिर १३ बुधबार ११:५० बजे

अर्घाखाँची । अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मरेको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीको जङ्गलमा चितुवा पासोमा परेको थियो । पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत इश्वरी पौडेलले जानकारी दिए ।

पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट घाइते अवस्थामा फेला परेको चितुवा उद्धार गरी बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा शितगंगा नगरपालिकाको डोहोटे नजिकै मरेको हो ।

मरेको चितुवा ५९ इञ्च लामो, ३३ इञ्च अग्लो तथा झण्डै ३१ किलोको भाले रहेको डिभिजन वन अधिकृत पौडेलले बताए । तर, जङ्गलमा पासो कसले थापेको भने जानकारीमा नआएको र यस बारेमा खोजी भइरहेको पनि पौडेलले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७