श्रृंखला र सम्भव मंसिर २८ मा विवाह बन्धनमा बाँधिंदै


१३ मंसिर २०८०, बुधबार
Sambhav Sirohiya and Shrinkhala Khatiwada

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले लगनगाँठो कस्ने भएकी छन् । प्रेमी सम्भव सिरोहियासँग यहि मंसिर २८ गते उनले विवाह गर्ने तय भएको छ । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

सम्भवनसँग एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेकी श्रृंखलाले केहि अघि मात्र आफ्नो अफेयर स्वीकारेकी थिइन् । विवाहको विषयमा भने अहिलेसम्म दुवैले कुनै जानकारी दिएका छैनन् । श्रृंखला र सम्भवको विवाह हायात होटलमा हुने उनीहरु निकटस्थ स्रोत बताउँछन । विवाहको पार्टी पनि हायात होटलमा पुस १ गते राखिएको बुझिएको छ ।

अहिले दुवै पक्षको परिवार विवाहको तयारीमा व्यस्त छन् । श्रृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् । उनी सन् २०१८ मा मिस नेपाल भएकी थिइन् भने सोही वर्ष मिस वर्ल्डमा भाग लिएर ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७