सैनिक विशेष अदालतको अध्यक्षमा लेखनाथ नियुक्त, सरिता दवाडी सचिवमा बढुवा


१३ मंसिर २०८०, बुधबार
Badhuwa

काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ ।
आज (बुधबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालतमा कार्यरत पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाज हेर्ने गरी अध्यक्षमा नियुक्त गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

सैनिक अदालतमा तीन न्यायाधीशको इजलास रहने व्यवस्था छ । जसमा दुई जना सैनिक प्राड विभागबाट सहभागी हुन्छन् ।त्यस्तै बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
सरिता दवाडी सचिवमा बढुवा
सरकारले सहसचिव सरिता दवाडी (श्वेता)लाई सचिवमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एक पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा दवाडी पहिलो नम्बरमा थिए भने दिनानाथ मिश्र दोस्रो र रामप्रसाद घिमिरे तेस्रो नम्बरमा सिफारिस भएका थिए । दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७