कैलालीमा विवाहमा आएका युवकमाथि कुटपिट गर्दा मृत्यु, सात जना पक्राउ


२०८० मङ्सिर १३ बुधबार १०:४१ बजे

कैलाली । कैलालीमा एक युवकमाथि कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएपछि लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की रहेका छन् । लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार राति कुटपिट गरेको प्रहरीको दाबी छ ।

कुटपिटबाट गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७