रास्वपाका सबै १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत, स्वर्णिम वाग्ले उपसभापति बन्ने निश्चित


२०८० मङ्सिर १३ बुधबार ०७:४६ बजे

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सबै १४ सांसदलाई केन्द्रीय समिति मनोनीत गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीमा नरहेका १४ सांसदलाई मनोनीत गरेको एक नेताले जानकारी दिए ।

यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ । बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा जारी छ । आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् । बैठकमा सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने वा नबनाउने भन्नेबारे पनि बहस भएको थियो । यो विषयमा पनि रास्वपामा दुई मत छ । तर, उच्च स्रोतका अनुसार पार्टी विधानमा २ जना उपसभापति रहने प्रावधान रहेकाले वाग्ले नै उपसभापति बन्ने निश्चित छ । उपसभापतिमा महिला हुनुपर्ने आवाज उठे पनि वाग्लेलाई नै उपसभापति बनाउन लामिछानेले फाइनल गरेको बुझिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७