सरकारप्रतिको आक्रोशलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजियो : महेश बर्तौला


२०८० मङ्सिर १३ बुधबार १२:०० बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजिएको बताएका छन् । सरकार विकास, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको उनको भनाइ छ ।

बुधबार सचेतक बर्तौलाले भने, ‘सरकारले ठिक ढंगले डेलिभरी दिन नसक्दा नागरिकमा एक प्रकारको निराशा भयो। चरम महँगी छ । भ्रष्टाचार छ । तस्करी, कालोबजारी छ । त्यो नियन्त्रणमा आएन । त्यसले आक्रोश बढायो ।’ सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको विरुद्धमा प्रयोग गर्न खोजिएको उनको भनाइ छ ।

‘यही बेला धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिले आक्रोशित समुदायलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजेको हो । त्यो असम्भव छ’, सचेतक बर्तौलाले भने, ‘त्यस्ता प्रतिक्रियावादी शक्ति, सरकारको नालायकीपन र धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्तिविरुद्ध एमाले सशक्त ढंगबाट उभिन्छ ।’ वर्तमान राजनीतिक व्यवस्था नढल्ने भए पनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको सचेतक बर्तौलाले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७