रास्वपाको वैचारिक धार : गणतन्त्रमा स्पष्ट, संघीयताबारे अझै अलमल


१३ मंसिर २०८०, बुधबार
Rabi

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मार्गदर्शन सिद्धान्त तय गरेको छ । महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मार्गदर्शन सिद्धान्त तय गरेको हो ।

नीति विचार कार्यदलले तयार पारेको प्रस्तावनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो ।’
गणतन्त्रात्मक शासन प्रणालीभित्र समावेशी समाज निर्माण गर्ने रास्वपाले मन्त्रको रूपमा लिएको छ । ‘वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो,’ प्रस्तावनामा भनिएको छ ।

rabi 3

तर, संघीय संरचनाबारे भने रास्वपा मौन र मलमलमा बसेको छ । संघ, प्रदेश र स्थानीय तहका बीचमा रास्वपाले फरक मत राख्दै आएको छ । यसमा यस पटक पनि रास्वपा मौन बसेको छ । लोककल्याणकारी राज्यको सुनिश्चितता हुनपर्नेमा रास्वपाको जोड छ ।

‘लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दीगो परिचालन गर्दै उद्यममैत्री, लगानी–अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु–पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ,’ प्रस्तवानामा भनिएको छ ।

pp

शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू पूरा गर्ने नीति रास्वपाले लिएको छ । ‘शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य संचालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ,’ प्रस्तवानामा भनिएको छ ।

Rabi janakpur

रास्वपाले राष्ट्रिय एकतामा जोड दिएको छ । ‘नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ,’ रास्वपाको प्रस्तावानमना भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७