स्वर्णिम बने रास्वपाको उपसभापति, सुमना सहमहामन्त्री, विराजभक्त संसदीय दलको उपनेता


२०८० मङ्सिर १३ बुधबार ०७:१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीमा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।
डा. वाग्लेलाई कायम रहेका अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको छ । गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका वाग्ले त्यसअघि नेपाली कांग्रेसमा आवद्ध थिए ।

कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका डा. वाग्ले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडी सांसद निर्वाचित भएका थिए । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन गरेको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सहकोषाध्यक्ष वसुमाया तामाङ् र दीपक बोहरा तोकेको छ । पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।

उनले रास्वपा प्रवेशसँगै महत्वपूर्ण जिम्मेवारी पाउने आश्वासन पाएका बताइएको थियो । त्यसअनुरुप सभापति लामिछानेले उपसभापति पदको जिम्मेवारी उनलाई दिएका हुन् । एसियाली विकास बैक एडीबीको जागिर छोडेर नेपाल आएपछि कांग्रेस सरकारको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसम्म भएका डा. वाग्ले निर्वाचनमा टिकट दिने आश्वासन दिएर पनि टिकट नपाएपछि उपचुनावमा रास्वपा पुगेका थिए ।
यस्तो बन्यो १२ सदस्यीय सचिवालय
रास्वपा बैठकले १२ सदस्यीय पार्टी सचिवालय पनि गठन गरेको छ । साथै तीन सहप्रवक्ता थप गरेको छ । मनिष झा, प्रतिभा रावल, र रमेश प्रसाईंलाई पार्टीको सहप्रवक्ता मनोनयन गरेको नेता ढकालले जानकारी दिए ।

अनिल केशरी शाह, राजन गौतम, डा.नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । यस्तै पार्टीका तर्फबाट प्रतिनिधिसभाका सबै सांसदलाई पनि रास्वपाले पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । यी निर्णयसँगै रास्वपाको संसदीय दल र केन्द्रीय सदस्यको तीन दिने संयुक्त बैठक बुधबार साँझ समापन भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७