झुलाघाटबाट छुट्दै एमालेको गाडी, यस्तो छ १,८७९ किमी यात्राको ‘रुट म्याप’

हाम्रो पालाको विकास देखेर विश्व चकित थियो, अहिले मुलुकको अवस्था जर्जर बन्यो : ओली


१३ मंसिर २०८०, बुधबार
kp oli 2

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि (बिहीबार) देखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछ । अभियानका लागि नेताहरु काठमाडौंबाट बैतडीको झुलाघाटतर्फ गइरहेका छन् ।

१,८७९ किलोमिटर लामो लोकमार्गको यात्राको भोलि बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरु हुनेछ ।
पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ । अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।

kp oli 1

यो क्याराभानमा एमालेले शक्ति प्रदर्शनकै रुपमा कार्यकर्ता उतार्ने तयारी गरेको छ । गत ६ मंसिरको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले यो यात्रा सडक आन्दोलनको थालनी हुने बताएका थिए । त्यसैअनुसार, पार्टी पंक्ति परिचालित गर्ने एमालेको तयारी छ । त्यो केन्द्रीय कमिटी बैठक अगाडि भने एमालेले मध्यपहाडी लोकमार्ग भएर चल्ने यो यात्रालाई वार्षिक कार्यक्रमभित्र राखेको थियो ।

गत वर्ष मंसिरको आमचुनावमा अपेक्षित मत नआएपछि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो र त्यही मिसन ग्रासरुटकै समीक्षाका आधारमा एक वर्षे कार्यक्रम तय गरेको हो । पार्टी सचिव योगेश भट्टराई, क्याराभानबाट एमालेले मुख्यगरी चार सन्देश दिने बताउँछन् ।

पहाडी क्षेत्रबाट बसाइ सर्ने क्रम नरोकिएको र गाउँमा युवाहरुको आकर्षण नदेखिएकाले त्यसलाई रोक्न पनि यो क्याराभानबाट सहयोग पुग्ने एमालेले विश्वास लिएको छ । उनका अनुसार, राष्ट्रिय एकता र सामाजिक-धार्मिक सद्भाव, संविधान र व्यवस्थाको रक्षा, विकास र समृद्धिमा जोड, अनि पार्टी सुदृढीकरण क्याराभानको उद्देश्य हो । ‘हामी जनताको कुरा सन्छौं । अराजकता र सद्भाव भड्काउने कुरा कसरी फैलिरहेको छ भन्ने पहिचान गर्छौं’, भट्टराई भन्छन् ।

राष्ट्रिय एकतालाई बलियो बनाउन मध्यपहाडी, महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा पनि यस्तो यात्रा गर्ने उनी बताउँछन् । ‘जनताको गुनासो सुनेपछि उनीहरुमा आशावादिता सिर्जना गर्नु एमालेको दायित्व हो, हामी त्यो काम गर्छौं’, भट्टराई भन्छन् ।
हाम्रो पालाको विकास देखेर विश्व चकित थियो, अहिले मुलुकको अवस्था जर्जर बन्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा विकास र समृद्धिका काम ठप्प भएको टिप्पणी गरेका छन् । मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटनको लागि बैतडी पुगेका अध्यक्ष ओलीले हिजोका सबै विकासका गति रोकिएको बताएका हुन् । एमाले नेतृत्वको सरकारले गरेको बिकास देखेर विश्व जगत नै आश्चर्यचकित भएको ओलीको भनाइ थियो । ‘विश्व नै चकित थियो नेपालको विकास देखेर । विश्व बैंकले उदाउँदो तारा हो नेपाल भनेको थियो’, ओलीले भने, ‘तीव्र गतिमा विकास भएका १० देशमा नेपाल पर्छ भनिएको थियो ।’

MT Godawari oliphoto13

२०७२ सालमा गएको भूकम्पले ध्वस्त पारेका घरहरुको पुनर्निर्माणले विश्वले प्रसंशा गरेको र कोभिड संक्रमणका बेला गरिएको पहल र क्रियाकलापले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपालको प्रशंसा गरेको ओलीले दावी गरेका छन् । ती सबै सुधारको प्रयास देखेर नै असंवैधानिक ढंगबाट सरकार ढाकिएको ओलीको जिकिर थियो ।

पहिले एक वर्षमा १० किलो मिटर सडक कालोपत्र हुन्थ्यो । हामिले दैनिक ५ किलोमिटर सदक बनायै । पहिले एक वर्षमा भएको काम हामिले २ दिन मा गरेका थियौं उनले भने विकासको गति देखेर एमालेको सरकार असंवैधानिक ढंगबाट ढालियो । अहिले मुलुकको अवस्था जर्जर बन्दै गइरहेको उनले बताए । ‘अहिलेको सरकारले सुशासन, विकास र रोजगारी दिन सकेको छैन । राम्रो शिक्षा दिन सकेन । उद्योग बन्द हुँदैछ । व्यापारीमा उत्साह छैन कमिसन तन्त्र हाबी भयो । देश राजनीतिक हिसाबले अस्थिरता र अराजक तर्फ गएको छ’, ओलीले भने

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७