भरतमोहन अधिकारीकी छोरी लिमा बनिन् रास्वपाको कोषाध्यक्ष


१३ मंसिर २०८०, बुधबार
lima adhikari

काठमाडौं । एमालेका दिवंगत नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् । आज सम्पन्न पार्टीको बैठकले उनलाई कोषाध्यक्ष चयन गरेको हो । लिमा भरतमोहनकी माइली छोरी हुन् ।

लिमा यसअघि रास्वपा केन्द्रीय सदस्य थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्दै केन्द्रीय सदस्य बनेकी थिइन् । छोटो समयमै उनले पार्टीको महत्वपूर्ण पोर्टफोलियो प्राप्त गरेकी हुन् । लिमा आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य थिइन् । उनी एमालेको उद्योग विभागमा पनि थिइन् । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उनी त्यसैमा आवद्ध भइन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो । लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको निर्देशक पनि हुन् । उनका पिता भरतमोहन अधिकारीले एमालेको लोकप्रिय अल्पमतको सरकारमा सफल अर्थमन्त्रीको भूमिका निर्वाह गरेका थिए । भरतमोहनले बजेटमा पहिलो पटक वृद्ध भत्ता र आफ्नो गाउँ आफैं बनाउ अभियान ल्याएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७