प्रचण्डकी नातिनीको ‘इन्गेजमेन्ट’, बिहे २३ गते


१४ मंसिर २०८०, बिहीबार
Prativa pathak

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनको गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) भएको हो ।

उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ । प्रतिभा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् । मंगलबार भएको टीकाटालोमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए ।

Prativa pathak 2 DUDI9nZkcZ

प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन् । रेनु प्रचण्डकी माइली छोरी हुन् । रेनुका एक छोरी र छोरा छन् । रेनुका श्रीमान अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन् । उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७