हमासले भन्यो–तीन बन्दीको मृत्यु भइसक्यो


२०८० मङ्सिर १४ बिहीबार ०६:५६ बजे

काठमाडौं । हमासले तीन बन्दीको ज्यान गएको बताएको छ । आज एक वक्तव्यमार्फत हमासले इजरायली बम आक्रमणमा परेर उनीहरूको ज्यान गएको बताएको हो ।

हमासको सशस्त्र समूह कसाम ब्रिगेड्सले वक्तव्य जारी गरे १० महिने इजरायली शिशु क्फिर बिबस, उनको चार वर्षीय दाइ एरिल र उनीहरूकी आमा शिरीको ज्यान गएको बताएको हो । गाजामा इजरायलले गरेको बम हमालामा उनीहरू मारिएको हमासको दाबी छ ।

क्फिरको परिवारले पनि आफूहरूले इजरायली सेनाबाट उनको मृत्यु भएको जानबारी पाएको बताएको छ । तर, आफूहरू आधिकारिक पुष्टिको पर्खाइमा रहेको उनीहरूको भनाइ छ । तर, कतिपयले हमासले इजरायलमाथि दबाब बढाउन चाल चालेको हुन सक्ने बताएका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७