युक्रेनमा भीषण आँधीका कारण १२ को मृत्यु, २३ जना घाइते


१४ मंसिर २०८०, बिहीबार
1 ukrain aadhi DmL8poJVne

काठमाडौं । युक्रेनको दक्षिण भागमा भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ । रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबारको आँधीबेहरी र हिमपातले १२ जनाको मृत्यु भएको हो ।

युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो । युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले आँधीका कारण १२ जनाको मृत्यु भएको र २३ जना घाइते भएको पुष्टि गरे ।

अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौँ गाउँ विद्युतविहीन भएका छन् । राज्यको दक्षिणी क्षेत्रमा आँधीले पुर्‍याएको क्षतिका कारण अवरूद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेको कीएभले बताएको छ ।

युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ८१२ बस्ती ऊर्जाविहीन भएको जनाएको छ । युक्रेनले आफ्नो ऊर्जा ग्रिडमा आक्रमण गर्ने डरलाग्दो नयाँ रूसी अभियानविरूद्ध हप्तौंदेखि तयारी गरिरहेको बताएको छ । यस्ता आक्रमणले गत हिउँदमा लाखौँलाई अँध्यारो र चिसोमा दिनरात काट्नु परेको थियो ।

क्रेमलिन समर्थित क्रिमियाका नेता सर्गेई अक्स्योनोभले प्रायद्वीपका मुख्य शहर सिम्फेरोपोल र समुद्री किनारको रिसोर्ट याल्टासहित १५ वटा नगरपालिकामा ‘आपतकालीन’ अवस्था घोषणा गरिएको बताए । आँधीका कारण दक्षिणी रुस, क्रिमिया र कब्जा गरिएको युक्रेनका करिब २० लाख मानिस विद्युतविहीन भएको मस्कोले बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७