सुपर लिग : साविक विजेता धनगढी र बुटबल लुम्बिनी भिड्दै


१४ मंसिर २०८०, बिहीबार
super league ihbuKNoFSE

काठमाडौँ । नेपाल सुपर लिगमा आज (बिहीबार) दुई क्लब भिडदै छन् । आजको खेलमा साविक विजेता धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबबीचमा प्रतिष्पर्धा हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७