बजारबाट घर फर्किदै गर्दा हात्तीको आक्रमणमा परी मृत्यु


२०८० मङ्सिर १४ बिहीबार १०:२४ बजे

सुनसरी । सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–२ स्थित बुढासुब्बा चोकमा बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खड्का बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीको आक्रमणमा परेका हुन् । हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७