गाजामा छन् हमास जस्तै ११ हतियारधारी समूह, कुन समूह कस्तो ?


२०८० मङ्सिर १४ बिहीबार ११:४८ बजे

काठमाडौं । गाजामा झण्डै ११ वटा हतियारधारी समूह छन् । सबैभन्दा ठूलो शक्तिशाली हमासलाई मानिन्छ । अरू थुप्रै ससाना समूह छन्, जसमध्ये अधिकांश इजरायलविरुद्ध गठन भएका समूह हुन् ।

हमास : यसको स्थापना सन् १९८७ मा भएको हो । हमाससले सन् २००७ देखि गाजामा शासन गरिरहेको छ । हमाससँग इज अल–दिन अल–कसाम ब्रिगेड छ, जोसँग गएको अक्टोबर ७ अघिसम्म २० हजारदेखि ३० हजारको संख्यामा लडाकु थिए । हमासलाई इरानले आर्थिक सहयोग गर्छ । हमासको मुख्य उद्देश्य इजरायललाई नष्ट गर्नु हो ।

प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) : पीआईजेको स्थापना सन् १९८१ मा भएको हो । यो पनि इरानसँग निकट छ । यस समूहसँग एक हजारदेखि आठहजार जनासम्म लडाकु रहेको विश्वास गरिन्छ । यो समूहले पनि इजरायललाई नष्ट गर्ने वाचा गरेको छ । अल–नासेर सलाह अल–दिन ब्रिगेड्स : यो तेस्रो ठूलो समूह हो, जुन हमास र पीआईजेको सहयोगी पनि हो । यसले गाजा प्रहरी बललाई सहयोग गर्छ । हमासले गर्ने आक्रमणमा यो समूह पनि संलग्न हुने गरेको छ ।

मुजाहिद्दीन ब्रिगेड्स : यो प्यालेस्टिनियन मुजाहिद्दीन मुभमेन्टको सैन्य बल हो, जुन गाजा र वेस्ट ब्याङ्क दुवैतिर सक्रिय छ । यसको इरानसँग पनि सम्बन्ध रहेको बताइन्छ । बीबीसीबाट

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७