लेन्सको पोस्टमा आर्सनलको आधा दर्जन गोल, समूह विजेताका रूपमा नकआउट चरणमा


१४ मंसिर २०८०, बिहीबार
arsenal

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा आर्सनलले समूह विजेताका रूपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।

समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब लेन्समाथि ६ गोल गर्दै एक खेल अगावै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान बनायो । ७ वर्षमा पहिलो पटक नकआउटचरणमा स्थान बनाउने क्रममा आर्सनलले पहिलो हाफमा नै ५ गोल गरेको थियो ।

आर्सनलका लागि काई हार्वट, गाव्रियल जेसस, बुकायो साका, गाव्रियल मार्टिनेली र मार्टिनेली ओडेगार्डले पहिलो हाफमा गोल गर्दा जोर्गिनोले खेलको अन्तिम समयमा पेनाल्टीमार्फत टिमको गोल संख्या आधा दर्जन पुर्‍याएका थिए ।

जितसँगै आर्सनलले समूह ‘बी’ मा पाँच खेलबाट १२ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, दोस्रो स्थानको पिएसभीको ५ खेलबाट ८ अंक रहेको छ । लेन्स समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा रहँदा सेभिया ५ खेलबाट २ अंकका साथ समूहको पुछारमा रहेको छ । पिएसभीले सेभियालाई ३–२ ले हराउँदै नकआउट चरणमा आफूलाई लगभग सुरक्षित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७