काठमाडौँका यी ठाउँमा आज विजुली अवरुद्ध हुने (सूचनासहित)


२०८० मङ्सिर १४ बिहीबार ०७:५८ बजे

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आज (बिहीबार) विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले आपूर्ति बन्द हुने भएको हो ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७