अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन


२०८० मङ्सिर १४ बिहीबार ०७:०६ बजे

काठमाडौं । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । उनको १०० वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै घरमा निधन भएको हो ।

किसिन्जरलाई राजनीतिज्ञ र प्रसिद्ध कूटनीतिज्ञका रूपमा चिनिन्छ । उनले राष्ट्रपति रिचर्ड एम. निक्सन र जेराल्ड फोर्डको शासनकालमा अमेरिकी विदेश नीतिमा अभूतपूर्व काम गरेका थिए ।

उनी विदेशमन्त्री हुनुका साथै ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । यी दुवै पद एकै साथ सम्हालेका किसिन्जर एक मात्र नेता हुन् । अमेरिकी विदेश नीतिमा उनको नियन्त्रण कुनै पनि अमेरिकी राष्ट्रपतिको भन्दा बढी रहेको बताइन्छ ।
सन् १९३८ मा किसिन्जर जर्मनीबाट भागेर यहुदी आप्रवासीको रूपमा अमेरिका आइपुगेका थिए । राजनीतिमा आउनुअघि उनी हार्वर्डमा पढाउँथे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७