‘संकल्प यात्रा’ उदघाटन गर्दै ओलीले भने–राष्ट्रिय शक्ति निर्माणका लागि जनताबीच आयौं


१४ मंसिर २०८०, बिहीबार
Uml Yatra 1701318871

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ‘संकल्प यात्रा’ मा मध्यपहाडी भू–भागमा कसरी विकास गर्न सकिन्छ भन्ने अध्ययन गरिने बताएका छन् । आज (बिहीबार) बैतडीको झुलाघाटमा मध्यपहाडी लोकमार्गकेन्द्रित पदयात्रा अभियानको सुरुवात गर्दै उनले सो क्रममा जनताका समस्या सुनिने बताएका छन् । अध्यक्ष ओलीले सकरात्मक राष्ट्रिय शक्ति निर्माणका लागि जनताका बीचमा आएको बताए ।

kp baithadi jhulaghat

‘मध्यपहाडी भू–भागमा विकासका सम्भावना कस्ता छन् ? यहाँको जनशक्ति, युवाहरूलाई कसरी यहाँ टिकाउन सकिन्छ ? उच्चस्तरीय, गुणस्तरीय शिक्षा, उपयुक्त स्वास्थ्य, रोजगारीका अवसरहरू, उत्पादनले बजार पाउने कुरा, सीप विकास तालिमलगायत कुन–कुन ठाउँको विकास कसरी हुन्छ भन्ने अध्ययन गर्ने । त्यसका लागि हामी जनतासँग सघन संवादमा छौँ,’ उनले भने ।

5 4

उनले जनताले भोगिरहेका समस्या र एमालेप्रतिको अपेक्षा बुझिने पनि बताएका छन् । ‘जनताले भोगिरहेका समस्या कस्ता छन् ? तीनको समाधानमा जनताको अपेक्षा के छ ? खासगरी एमाले देश र जनताका लागि समर्पित छ, यस पार्टी, नेता–कार्यकर्ताहरूसँग जनताका अपेक्षा के छन् ? नेता–कार्यकर्ताहरूले कसरी काम गरून् भन्ने जनताको अपेक्षा छ ? ती सबै कुराहरूलाई हेर्न बुझ्न अभियानमा जुटेका हौं,’ ओलीले भने ।

4 5

यात्राको एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गरेका हुन् । यात्रामा एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष, केन्द्रिय कमिटिका सदस्य, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य लगायतका हजारौं प्रतिनिधिहरु सामेल छन् ।

9

झुलाघाटबाट हिँडेको यात्रा बिहिबार दिउँसो बैतडी गोठलापनी बजार पुग्ने बताइएको छ । गोठलापानीमा आयोजना हुने आमसभालाई अध्यक्ष ओलीले सम्भोधन गर्ने कार्यसूची छ । एमालेले आज डडेलधुरासम्म यात्रा गर्ने एमाले बैतडीले जनाएको छ । देशको अधिकांश भू–भाग ओगटेको मध्यपहाडी क्षेत्रमा गरिने यो यात्राले राष्ट्रियस्तरमा समृद्धिको सन्देश प्रवाह गर्ने एमालेको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७