एमाले उपमहासचिव ज्ञवालीद्वारा विश्व समाजवाद फोरमलाई सम्बोधन


१४ मंसिर २०८०, बिहीबार
pradeep gyawali 1536x1152 1

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले मंगलबार बेइजिङमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (कास) ले आयोजना गरेको १३ औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गरेका छन् ।

पूर्ण सभालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले नेपालमा जस्तै राष्ट्रिय अवस्था अनुसार मार्क्सवादको सिर्जनात्मक कार्यान्वयनको आवश्यकतामा जोड दिएको उनीसँगै फोरममा सहभागी पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।
एमालेले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको बताए ।

जनताको जनमत नभई कम्युनिष्ट पार्टीको जीवन हुँदैन र समाजवादको भविष्य हुँदैन’ भन्दै सम्बोधन क्रममा उनले विश्व श्रमजीवी जनताको जितका लागि जनमुखी नीति र त्यसको कार्यान्वयनमा जोड दिए । ‘मानवता र विश्व समाजवादको विकासका लागि साझा भविष्यसँग समुदायको निर्माण’ शीर्षकको तीन दिने सम्मेलनमा ३७ देशका ८० जना र १०० भन्दा बढी चिनियाँ नेता तथा विज्ञहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७