इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्ब्याइयो


२०८० मङ्सिर १४ बिहीबार ०७:१३ बजे

काठमाडौं । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ । इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै’ हमाससँगको युद्धविराम कायम रहने बताएको छ ।

यसैबीच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौं दिनमा पनि लागू हुने जनाएको छ । समाचार एजेन्सी रोयटर्सले यो जानकारी दिएको छ ।

हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गत शुक्रबारदेखि लागू भएको थियो । जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ । यस अवधिमा युद्धविराम लागू हुन्छ । साथै, सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन् । यो युद्धविरामको आज छैटौं दिन हो । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७