ओलीसहितका एमाले नेता शहीद दशरथ चन्दको जन्मघरमा, शालिकमा माल्यार्पण


१४ मंसिर २०८०, बिहीबार
oli 1

कञ्चनपुर । बैतडीबाट मेची महाकाली पदयात्राको उद्घाटन गरेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता आज बैतडीस्थित सहिद दशरथ चन्दको जन्मघर पुगेका छन् ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको मध्यपहाडी लोकमार्गको पदयात्रा शुभारम्भ गर्न बैतडी पुगेका ओलीले बस्कोटस्थित शहीद चन्दको जन्मघरमा पुगेका हुन् । त्यसक्रममा उनले शहीद चन्दको शालिकमा माल्यार्पण गरेका छन् । घरमा राखिएको आगन्तुक पुस्तिकामा एमाले नेताहरुले हस्ताक्षर गरेका छन् । शहीद दशरथ चन्दको घरलाई पाहुना घरको रुपमा विकास गरिएको छ ।

बैतडीको झुलाघाटदेखि सुरु भएको यात्रा १,८७९ किलोमिटरको मध्यपहाडी लोकमार्गको यात्रा पूरा गरेर पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिनेछ । बैतडीको गोठालापानीमा बिहीबार आमसभाको आयोजना गरिएको छ । त्यहाँ ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ । त्यसपछि मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७