‘अछामी बड्डो’ को देउडा गीत ‘बड्डाका दिन गया’ सार्वजनिक (भिडियो)


२०८० मङ्सिर १४ बिहीबार ०७:३६ बजे

महेन्द्रनगर । सुदूरपश्चिममा ‘अछामी बड्डो’ का नामले परिचित लालबहादुर धामीले ‘बड्डाका दिन गया’ गीत बजारमा ल्याएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाको मलास क्षेत्रमा उक्त गीत छायाङ्कन भएको हो ।

विसं २०७२ मा ‘यो अछामी बड्डो’ देउडाबाट सुदूरपश्चिममा चर्चा बटुलेका गायक धामीले गत वैशाखयता तीन वटा देउडा गीत सार्वजनिक गरिसकेका छन् । अछामी बड्डो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत बुधबार दिउँसोयता साँढे पाँच हजारले हरिसकेका छन् । राजेन्द्र शाहको शब्द, गायकको सङ्गीतमा रहेको उक्त गीतमा गायिका देवी घर्तीले साथ दिएका छन् ।

गायक धामी र मोडेल रोजी कुँवरले अभियान रहेको गीतमा भीम थापाको निर्देशन र अमृत उपाध्यायले छायाङ्कन गरेका हुन् । ‘सुदूरपश्चिमको मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नुका साथै युवा पुस्तालाई समेत देउडामा आकर्षित गराउन गीतमा यहाँका बला, संस्कृति समेटेर बजारमा ल्याएका छौँ’, धामीले भने, ‘यस गीतमा सुदूरपश्चिमको आफ्नोपन झल्किएकाले सबैले मन पराउनेमा आश गरेका छौँ ।’ विसं २०५५ देखि देउडा क्षेत्रमा सक्रिय रहेका धामी कञ्चनपुर लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।
हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=uEmkwL4T4uM&embeds_referring_euri=https%3A%2F%2Fwww.nepalpress.com%2F&source_ve_path=OTY3MTQ&feature=emb_imp_woyt

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७