बागमतीलाई हराउँदै आर्मी केपी ओली कपको फाइनलमा


१४ मंसिर २०८०, बिहीबार
kp

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरे । कुशल मल्लले ८ बलमा ४ छक्कासहित २७ रन प्रहार गरे । ओपनर तथा कप्तान विनोद भण्डारीले २५ रन बनाउँदा सोमपाल कामी १५ रनमा अविजित रहे। ओपनर सन्तोष कार्की ७, बसिर अहमद ५ रनमा आउट हुँदा राजेश पुलामी १ रनमा अविजित रहे। रोहितकुमार पौडेलले भने खाता खोल्न सकेनन् ।

बागमतीका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। प्रतिश जिसी, ईशान पाण्डे, सोनु देवकोटा र रित गौतमले १-१ विकेट लिए । त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनायो । बागमतीका प्रतीक श्रेष्ठले अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

यता, कप्तान सन्दीप लामिछानेले २२ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाए । ओपनर रित गौतम १४, ईशान पाण्डे १२, रोशन विक १ र गौरव खड्का ८ रनमा आउट हुँदा सोनु देवकोटा ९ रनमा अविजित रहे । प्रतिश जिसीले भने खाता खोल्न सकेनन् । आर्मीका शहब आलमले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ र विवेक यादवले १ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७