श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेका छन् : ओली


२०८० मङ्सिर १४ बिहीबार ०७:५६ बजे

बैतडी । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन् । ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै पहिचानको सवालमा एमालेले सबैभन्दा बढी आवाज उठाएको स्पष्ट पारेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेकै पहलमा समानुपातिकको व्यवस्था आएको स्पष्ट पारे । उनले पहिचानको राजनीति भनेको अराजकता, अरुलाई हमला गर्ने र हिंसा फैलाउने हुन नसक्ने धारणा राखे । उनले देशलाई एकतामा जान नदिने पहिचानको नाममा अराजकता बढेको बताए ।

उनले अहिलेको सरकारले कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको उल्लेख गर े। उनले सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको दाबी गरे । गणतन्त्रको विरोध गर्ने दुष्शाहसिक काम भइरहेको उल्लेख गर्दै ओलीले अब पछाडि फर्कन र रैति हुन नसक्ने धारणा राखे ।

उनले भने, ‘संविधानमै समानुपातिक समावेशिताको सिद्धान्त सामेल गरेका छौं । पहिचानको राजनीति भनेको हिंसा फैलाउने, अराजकता र आतंक मच्चाउने हुन सक्दैन । यो देशलाई अनेकतामा लाने कुरा हो, एकताबद्ध हुन नदिने कुरा हो । आज देशमा लोकतान्त्रिक प्रणाली छ । यसमा गम्भीर समस्या आइरहेका छन् । लोकतान्त्रिक प्रणालीको उचित सम्बोधन हुन सकेको छैन ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अहिले प्रतिक्रिया र प्रतिगामी शक्तिहरु मौका आउँछ कि भनेर दुलाबाट टाउको उठाएर फेरि सलबलाउन खोजेको बताए । अध्यक्ष ओलीले भने, ‘अहिले हामी देखिरहेका छौं, उहिले राजतन्त्र थियो । अहिले शालिक बनाएर श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७