नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी : खाँणलाई थुनामुक्त गर्न माग


२०८० मङ्सिर १४ बिहीबार ०७:१४ बजे

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्ब गृहमन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने माग गरिएको छ । उच्च अदालत पाटनमा जारी बहसमा खाँडका वकिलहरूले उनलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका हुन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व गृहमन्त्री खाणको तर्फबाट जवाफी बहस भर्खरै सकिएको छ ।

खाँणका तर्फबाट पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खम्बहादुर खातीलगायतले बहस गरेका हुन् । उनीहरूले एकै स्वरमा खाँणलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् । आज नै बहस सकाउने र सम्भवतः आजै फैसला गर्ने गरी अदालतमा बहस भईरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७