मोटरसाइकल दुर्घटनामा श्रीमती र पाँच महिने छोरीको मृत्यु, श्रीमान गम्भीर घाइते


२०८० मङ्सिर १४ बिहीबार १०:३८ बजे

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्रि सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ ।

७ नम्बर वडाको सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट १०-१२ मिटर तल खसेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुरगढी– २, कुर्ले पाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्तानको टाउकोमा चोट लागी गम्भीर घाइते भएपछि अस्पताल लगिएको छ ।

उनको हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । भीमबहादुरकी श्रीमती मोटरसाइकलमा सवार अन्दाजी ३४ वर्षीया रुपा स्याङ्तानको घटनास्थलमा मृत्यु भएको डीएसपी भण्डारीले बताए । मोटरसाइकलमा सवार छोरी अन्दाजी ५ महिने बालकको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७