मकवानपुर दुर्घटना अपडेट : श्रीमती र छोरी गुमाएका चालकको पनि मृत्यु


२०८० मङ्सिर १४ बिहीबार १०:२४ बजे

मकवानपुर । मकवानपुरमा आज (बिहीबार) भएको मोटरसाइकल दुर्घटनामा घटनास्थलमै श्रीमती र छोरी गुमाएका श्रीमानको पनि मृत्यु भएको छ ।

मकवानपुरको गढी गाउँपालिका–२ कुर्लेपाखा बस्ने ३५ वर्षीय भीमबहादुर स्याङ्तानको उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते स्याङ्तानलाई चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि आफन्तले फिर्ता ल्याएको डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनीहरुले फर्काएर हेटौंडा अस्पताल नै ल्याएपछि डाक्टरहरूले अपरान्ह ४ः२० मा मृत घोषणा गरेको भण्डारीले बताए ।

स्याङ्तानले चलाएको मोटरसाइकल आज बिहीबार दिउँसो गढी गाउँपालिका–२ धवाडीपुलमा दुर्घटना हुँदा उनकी ३४ वर्षीया श्रीमती रुपा स्याङ्तान र ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको थियो । अहिले तीनै जनाको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल सडकबाट अनियन्त्रित भई १०÷१२ मिटर तल खसेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७