दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने


१४ मंसिर २०८०, बिहीबार
durga prasai 2
फाइल फोटो

काठमाडौं । गणतन्त्र उल्ट्याउन भन्दै काठमाडौंमा पाँच दिन प्रदर्शन गरेका मेडिकल व्यावसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने भएका छन् ।

प्रसाईं समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको हो । ‘नागरिक सरकार’ ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने बताइएको छ ।

योसँगै मंसिर ७ गते सुरु भएको प्रसाईं समूहको काठमाडौँ केन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ । नागिरक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईं रहने समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले जानकारी दिएका छन् । मन्त्रिमण्डलमा को–को रहने भन्नेबारे गृहकार्य भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७