एकै समय चार मोटरसाइकल चोरी, १२ घण्टामै गिरोहका चार जना पक्राउ


२०८० मङ्सिर १४ बिहीबार ०७:०४ बजे

काठमाडौं । ललितपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ एकै समयमा चार वटा मोटरसाइकल चोरेको गिरोहलाई १२ घण्टाभित्रै नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौंको बौद्धका विजय श्रेष्ठ, मकवानपुरको हेटौंडाका अमित लामा, रौतहटको चन्द्रनिगाहपुरका पञ्चलाल ब्लोन र पासाङ लामा रहेका छन् । साँझ ललितपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको भन्दै प्रहरीलाई खबर आएको थियो ।

प्राविधिक अनुसन्धानबाट चोरिएको एउटा मोटरसाइकल राति खुमलटारस्थित एक गल्लीभित्र रोकिराखेको अवस्थामा बरामद भएको थियो । सोही मोटरसाइकल लिन आएका व्यक्तिलाई नियन्त्रणमा लिएपछि प्रहरीले गिरोहका अन्य सदस्य र मोटरसाइकल बरामद गरेको हो । ललितपुर प्रहरी प्रमुख शाहले प्रहरीले चाँडै रेस्पोन्स गरेकाले गिरोहलाई नियन्त्रणमा लिन सकिएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७